Comments Add Comment

इंग्ल्यान्डविरुद्ध कप्तान फिन्चको शतक

१० असार, काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाका कप्तान एरोन फिन्चले इंग्ल्यान्डविरुद्धको खेलमा शतक बनाएका छन् ।

लर्ड्समा जारी खेलमा कप्तान फिन्चले शतक बनाएका हुन् । उनले ११५ बलमा शतक बनाउँदै टिमलाई ठूलो स्कोरतर्फ पुर्‍याएका छन् । शतक बनाउने क्रममा उनले ११ चौका र दुई छक्का प्रहार गरेका थिए । तर उनी शतक बनाए लगतै आउट भए ।

जारी विश्वकपमा कप्तान फिन्च उच्च लयमा देखिएका छन् । उनले यो विश्वकपमा यो सहित दुई शतक बनाएका छन् भने तीन अर्धशतक पूरा गरेका छन् । यसअघि उनले श्रीलंकाविरुद्ध १५३ रन बनाउँदै शतक पूरा गरेका थिए ।

फिन्चले यसअघि २०१५ को विश्वकप क्रिकेटको समूह चरणको खेलमा इंग्ल्यान्डविरुद्ध शतक बनाएका थिए । उनले त्यसबेला इंग्ल्यान्डविरुद्ध १३५ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment