+
+
Shares

अन्जुको स्वरमा सविनको दोस्रो गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ११ गते ८:४४

काठमाडौं । पत्रकारबाट उपन्यासकारको परिचय बनाएका सविन पि्रयासनले अब गीत लेखनमा पनि हात हालेका छन् । उनको दोस्रो गीत ‘गीत तिम्रो लेखी-लेखी’ हालै सार्वजनिक भएको छ ।

सविनको शब्द र पुरुषोत्तम न्यौपानेको संगीतमा अञ्जु पन्तले स्वर दिएकी छन् । एरेन्जर रिकेश गुरुङ छन् ।

टंक बुढाथोकीको युट्युब च्यानलमा रहेको म्युजिक भिडियोमा मोडल रिचा थापा र आयन बज्राचार्यको अभिनय छ । म्युजिक भिडियोको निर्देशन पि्रन्सपन कार्कीले गरेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो

सविनको यो दोस्रो गीत हो । उनको पहिलो गीत ‘म गीतहरुमा डुबेर’ सार्वजनिक भएको थियो ।

उनका ब्रेकअप डायरी, पल्लवी, पुनरागमन, भूमरी, रोदनपछि उपन्यास प्रकाशित भइसकेका छन् । पि्रयासनले कथा र सम्पादकीयको संग्रहसमेत प्रकाशित गरिसकेका छन् । सविन नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?