Comments Add Comment

मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु

११ असार, विराटनगर । मोरङमा बुधबार अपरान्ह चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

रंगेली नगरपालिका ९ का १४ का अभत ऋिषिदेव र वर्ष १६ का अनिल ऋिषिदेवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार दिउँसो ३ बजेतिर पानीसँगै परेको चट्याङ लागेर उनीहरुको स्थानीय दोहमना बजारमा मृत्यु भएको हो ।

उनीहरुको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको प्रहरीले जनाएको छ । त्यसैगरी मंगलबार रतुवामाई नगरपालिका ५ मलाहा टोलका २३ वर्षीय जुगेर मियाँका पनि चट्याङ लागेर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment