Comments Add Comment

२७ वर्षसम्म श्रीमतीलाई गराए यस्तो काम, तिर्नुपर्‍यो २ करोड क्षतिपूर्ति

अर्टेन्टिनामा हालै एक अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँ एकजना व्यक्तिले २७ वर्षदेखि आफ्नी श्रीमतीलाई यस्तो काम गराउँदै आएका रहेछन् कि अदालतले उनलाई २ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

महिलाको उमेर अहिले ७० वर्ष भैसकेको छ । उनी शिक्षित महिला हुन् । अर्थशास्त्रमा स्नातक ती महिलाले बिहेपछि आफ्नो करिअर त्यागेर पतिको घर सम्हालेकी थिइन् ।

महिलाको नाम एमएल र उनका पतिको नाम डीबी हो । उनीहरुको सन् १९८१ मा बिहे भएको थियो । तर सन् २००९ मा यी दुईले सम्बन्धविच्छेद गर्ने निर्णय गरे र सन् २०११ मा उनीहरुको सम्बन्धविच्छेद भयो ।

त्यसबेला महिलाको उमेर झण्डै ६० वर्षको थियो । उनीसँग जिविकोपार्जनका लागि आम्दानीको कुनै माध्यम थिएन र जागिर गर्नका लागि उनको उमेर पनि रहेन । अन्ततः यो मामिला स्थानीय अदालतमा पुग्यो ।

अदालतमा उनले आफू आर्थिक समस्याबाट गुज्रिरहेको बताइन् । तत्पश्चात् न्यायाधीशले फैसला गर्दै २७ वर्षसम्म पत्नीलाई केवल घरधन्दा मात्र गराउने उनका पतिलाई झण्डै २ करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्तिको रुपमा दिनुपर्ने आदेश दिए ।

फैसलामा ती न्यायाधीशले आज पनि महिलाहरुले घरमा गर्ने कामको कुनै मूल्यांकन नरहेको भन्दै ती महिलाको आर्थिक स्थिति र उनको शैक्षिक योग्यतालाई मध्यनजर गर्दै उनले क्षतिपूर्तिको रुपमा झण्डै २ करोड रुपैयाँ रकम पाउने फैसला गरेका हुन् ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment