+
+
Shares

एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल वीरगञ्जबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते १८:५८

१२ असार, काठमाडौं । एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल वीरगञ्जबीच क्यासलेस वा क्रेडिट सुविधा प्रदान गर्ने समबन्धमा सम्झौता भएको छ ।
बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको यस्तो सुविधा लागि सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलको तर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले हस्ताक्षर गरे ।

मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?