Comments Add Comment

‘हाम्रो चैन उडाउनेलाई कडा कारवाही होस्’

१३ असार, काठमाडौं । शुक्रबार बिहान हरिलाई (नाम परिवर्तन) अकस्मात छोरी जेनीको फोन आयो । फोनमा जेनीले भनिन्, ‘बुवा मलाई सिरिन्ज आक्रमण गर्ने पक्राउ पर्‍यो रे नि ।’

सुरुमा त उनले जेनीको कुरा पत्याएनन् । एकछिन अलमलमा परे । जेनीले फेरि सुनाइन्, ‘प्रहरीले हामीलाई बयानका लागि बोला’को छ, अब जान लागेको ।’

उनले राहतको सास फेरे । त्यो खबर परिवारलाई सुनाए । अनि सोधेँ, ‘अनि केले घोचेको रै’छ त ?’

जेनीले मलिन स्वरमा जवाफ दिइन्, ‘खोई थाहा छैन । पक्राउ गरेको छ भनेर प्रहरीले बोलाएको छ । अब उता गएपछि थाहा होला ।’

आक्रमणकारी पक्राउ पर्दा हरिमा देखिएको खुसी सेलायो । आक्रमण केले गर्यो भनेर प्रष्ट नभएको कारण खिन्न भए । ‘पक्राउ पर्दा खुशी त लागेको छ तर, डर उस्तै छ । सिरिञ्जले नै हानेको रहेछ भने त बर्बाद नै हुन्छ नि’ हरिले निरास हुँदै सुनाए, ‘जे होस् आक्रमणकारी प्रकाउ पर्दा मुटुबाट काडा झिकेको जस्तो आनन्द महशुष भएको छ ।’
यो पनि पढ्नुहोस काठमाडौंमा शंकास्पद सिरिञ्ज अट्याक !

सिरिञ्ज आक्रमण गरेको आशंकामा प्रहरीले सन्तोष कार्कीलाई पक्राउ गरेको छ । उनले सिरिन्ज नभई ढलानको काँटीले घोचेको बयान दिएका छन् ।

तर, यो खबर हरिले थाहा पाइसकेका छैनन् । प्रहरी पनि उनको दाबीमा अनुसन्धान गर्दैछ । त्यसैले अझै डर छ उनीमा । भन्छन्, ‘पक्राउ गरेर मात्रै के हुन्छ र ? सिरिन्जले नै हानेको रैछ भने त… खत्तम भइगयो नि ।’

प्रहरीका अनुसार पक्राउ परेका कार्कीले डल्लु, ढल्कु र पकनाजोलमा भएको आक्रमणमा आफू जिम्मेवार रहेको स्वीकार गरिसकेका छन् ।

****

बिहीबार रातिसम्म जेनी तनावमा थिइन् । न त निद्रा लाग्थ्यो न खाना रुच्थ्यो । कोठामै धुमधुम्ती बस्थिन् । मन र मष्तिष्क दुबैमा एचआईभीको भुत सवार थियो । ‘एचआईभी भयो भने…?’ भन्दै श्रीमानलाई गनगन गरिरहन्थिन् । श्रीमानले पनि सम्झाउन सकिरहेका थिएनन् ।

दिक्दारीमै बितिरहेको थियो दिन । तीन महिना नभई सिरिञ्ज आक्रमण हो वा होइन् थाहा पाउने मुस्किल थियो ।

किनकि, आक्रमणकारी पक्राउ परेकै थिएनन् ।

तर, बिहान एकाएक मोबाइलमा बजेको रिंगटोनले राहत दियो । फोन महानगरीय प्रहरी परिसर, टेकुको थियो ।

फोनमा भनियो, ‘तपाईहरुलाई आक्रमण गर्ने व्याक्ती पक्राउ गरेका छौं, बयानका लागि तुरुन्त आउनू ।’ निराश भएर बसिरहेकी जेनीको मुहार एकाएक उज्यालियो । हतारिदैँ बुवालाई फोन लगाएर खबर दिइन् । अनि हतारिँदै प्रहरी परिसर टेकुतिर लागिन् ।
यो पनि पढ्नुहोस शंकास्पद सिरिन्ज अट्याक : एचआईभी सर्ने डरले विक्षिप्त छु

प्रहरी कहाँ नपुगुन्जेल जेनीको मनमा ‘मलाई सिरिन्ज नै हानेको रै’छ’ भने भन्ने प्रश्न घुमिरह्यो । त्यहा पुग्नासाथ प्रहरी भने, ‘नअत्तालिनुस्, सिरिन्जले हानेको होइन रहेछ ।’

त्यसपछि ढुक्क भयो । यत्रो दिनको तनाव सबै दुर भयो । ठुलो सकसबाट मुक्ति पाइन् । जेनी

श्रीमानसँगै महानगरिय प्रहरी परिसर टेकुमा बयान दिन पुगेका उनी भन्छिन्, ‘यत्रो दिन हामीलाई तनाव दियो। भोक, निद्रा, चैन सबै उडायो । उसलाई कडा भन्दा कडा कारबाही होस् ।’
***

जेठ १८ गते राति १० बजे आफ्नै घर नजिक जेनीमाथि आक्रमण भएको थियो । त्यसयता उनी विक्षिप्त थिइन् । शुक्रराज ट्रफिकल सेन्टरबाट उनलाई एचआईभी विरुद्द एआरटी औषधि चलाइएको थियो भने हेपाटाइटिस बी बिरुद्दको भ्याक्सिन पनि दिइएको थियो । त्यसयता उनले भन्दै आएकी थिइन्, ‘एचआईभी सर्ला कि भन्ने डरले सकसमा छु ।’
यो पनि पढ्नुहोस सन्तोषको बयान : सिरिन्ज होइन, ढलानको काँटीले घोचेको हुँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment