Comments Add Comment

‘आप्पा’ रिलिज, प्रिमियरमा यस्तो प्रतिक्रिया

आज शुक्रबार २ नेपाली चलचित्र रिलिज भएका छन् । ‘आप्पा र किर्तिपुर’ औषत प्रचारका साथ हलमा लागेका हुन् । यसैविच, बाबु र छोराको कथालाई उठान गरेको चलचित्र ‘आप्पा’को बिहिबार बेलुकी काठमाण्डौको जय नेपाल हलमा प्रिमियर गरिएको छ । बाजा बजाएरै गरिएको प्रिमियरमा चलचित्र क्षेत्रका हस्तीहरु सहभागी थिए ।

नायक दयाहाङ राई आफ्नो परिवारसँगै हलमा पुगेका थिए । यस्तै, चलचित्रका दुई नयाँ कलाकार सिद्धार्थ गुरुङ र अलोना लोप्चा पनि एकसाथ हलमा पुगे । अनमोल गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रले बाबु र छोरालाई गहन रुपमा प्रस्तुत गरेको भन्दै कलाकारहरुले प्रतिक्रिया दिएका छन् ।

चलचित्र हेर्न नायिका वर्षा राउत, उपासना सिंह ठकुरी, मोडल एलिसा राई, निर्देशक रामबाबु गुरुङ, र्यापर भिटेन लगायत हलमा पुगेका थिए । यस्तै, कलाकार सुनिल थापा, विल्सन विक्रम राई, निर्माता अर्जुन कुमार, रोहित अधिकारी, निर्देशक सुरेन्द्र पौडेलले पनि ‘आप्पा’ हेरेका थिए ।

नायिका बर्षा राउतले चलचित्र हेरिसकेपछि आँखा रसाएको बताइन् । उता, र्यापर भिटेनले बाबुको याद आएको सुनाए । आजबाट रिलिजमा आएको यो चलचित्रले दर्शकको साथ पाउने अपेक्षा निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment