Comments Add Comment

डोनाल्ड ट्रम्पले टेके उत्तर कोरियाली भूमि

१५ असार, काठमाडौं । डोनाल्ड ट्रम्प उत्तर कोरियाली भूमिमा टेक्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बनेका छन् । उनले आइतबार उत्तर कोरियाली नेता किम जोङ उनसँगै उत्तर कोरियाली भूमिमा पुगेर हात मिलाएका हुन् ।

उत्तर र दक्षिण कोरियाको दशगजा क्षेत्रमा आधाघण्टा लामो कुराकानीअघि ट्रम्प उत्तर कोरियाली भूमिमा प्रवेश गरेका हुन् । दुबै देश यसअघि रोकिएको वार्ता अघि बढाउन टोली बनाउने कुरामा सहमतिमा पुगेका छन् । उत्तर कोरियाको निशस्त्रीकरणको विषयमा कुनै प्रगति नभएपछि यिनीहरुबीच गत फेब्रुअरी महिनामा वार्ता भाँडिएको थियो ।

गत शनिबार अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत उत्तर कोरियाली नेता किमलाई दुई कोरियाबीचको सीमा क्षेत्रमा हात मिलाउन निम्ता गरेका थिए । तर ट्रम्प उत्तर कोरियााली भूमिमै प्रवेश गर्नुलाई धेरै ठूलो रुपमा लिइएको छ ।

‘तपाईसँग फेरि भेट्न पाउँदा खुशी लागेको छ, मैले यो ठाउँमा तपाईंसँग भेट हुन्छ भनेर आशा गरेको थिइनँ’ हसिलो अनुहारका किमले ट्रम्पलाई आफ्ना दोभाषेमार्फत भने, जुन अन्तर्राष्ट्रिय टेलिभिजनबाट प्रशारण भइरहेको थियो । जवाफमा ट्रम्पले भने ‘यो महत्वपूर्ण समय हो, धेरै ठूलो उपलब्धी ।’

उत्तर कोरियाली भूमिमा दुई नेताबीच करिब आधा घण्टा कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment