
१५ असार, काठमाडौं ।ग्लोबल आइएमई बैंकले १६औँ राष्ट्रिय धान दिवस मनाएको छ । बैंकले राजधानीको टोखा नगरपालिका वडा नं. १ स्थित झोर महांकालमा रोपाइ गरी धान दिवस मनाएको हो ।
बैंकका कर्मचारी तथा स्थानीयको बाक्लो उपस्थिती रहेको रोपाइमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले धान रोपाइ र यसको महत्व बारे प्रकाश पारेका थिए ।
बैंकले दिवसको अबसर पारेर धापासीस्थित शाखा कार्यालयबाट झोरसम्म साइकलयात्राको आयोजना गरेको थियो । साइकल यात्रामा करिब ५ दर्जन व्यक्तिहरुको सहभागिता रहेको थियो ।
साथै बैंकले झोरमै रहेको शाखारहित बैंकिङ सेवाका सञ्चालक राम शरण दुलाललाई सम्मान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4