Comments Add Comment

तार र घरबीच तोकिएको दूरी नछाड्नेलाई बिजुली मिटर नदिइने

१७ असार, काठमाडौं । काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तोकिएको विद्युतीय लाइनको मापदण्ड पूरा नगरी भौतिक संरचना निर्माण भएमा बिजुली सेवा उपलब्ध नगराउने भएको छ ।

पछिल्लो सयममा बिजुलीको तार र घरबीच तोकिएको दूरी मिचेर घर बनाउने क्रम तीव्र भएपछि प्राधिकरणले काठमाडौं महानगरपालिकालाई पत्र लेखेर त्यस्ता संरचनाको नक्सा पास नगर्न जानकारी दिएको छ ।

यदि घर र लाइनको तारबीच तोकिएको दूरी नछाडी घरसहितका भौतिक संरचना तयार गरे त्यस्ता घरमा बिजुलीको मिटर उपलब्ध गराउन प्राधिकरण बाध्य नहुने पत्रमा उल्लेख छ ।

विद्युत् वितरण नियमावली २०५९ को विनियम १६ (५) मा भौतिक संरचना निर्माण गर्दा निश्चित दूरी छाड्नुपर्ने व्यवस्था छ । विनियमअनुसार २३०/४०० देखि ११ हजार भोल्टेजसम्म लाइनका तारबाट घर वा घर परिसरमा रोकिएकाे रुखको दूरी १ दशमलव ५ मिटर हुनुपर्छ ।

११ हजारदेखि ३३ हजार भोल्टेजसम्मका  बिजुली लाइनसँगै घर बनाउँदा रुख या घरबाट २ मिटर दूरी छाड्नुपर्छ । यसरी तोकिएको दूरी नछोडी घर बनाउँदा विद्युतीय दुर्घटनाको जोखिम उच्च हुन्छ ।

ग्राहक तथा सर्वसाधारणको सुरक्षाका लागि तोकिएको मापदण्ड पूरा नभए प्राधिरकणले बिजुलीको मिटर नदिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment