Comments Add Comment

के कारणले अकस्मात अवरुद्ध भयो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप ?

सोसल मिडिया साइटहरु फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप बुधबार विश्वभरी नै एकाएक अवरुद्ध हुनपुग्यो ।

विश्वका विभिन्न देशहरुमा प्रयोगकर्ताले यी सोसल मिडिया एपहरु राम्रोसँग नचलेको गुनासो गरे । यद्यपि, यी एपहरु पूर्णरुपमा बन्द नभै कतिपय फिचरहरुमा समस्या देखिएको थियो ।

खासगरी तस्वीर तथा भिडियोहरु लोड नहुने समस्या देखा परेको थियो । यो समस्या फेसबुकको एप तथा वेबसाइट दुबै भर्सनको न्यूजफिडका साथै इन्स्टाग्राममा पनि देखियो ।

ह्वाट्सएपमा समेत प्रयोगकर्ताहरुले तस्वीर तथा भिडियोहरु पठाउन तथा त्यसलाई डाउनलोड गर्नमा समस्या बेहोर्नुपर्यो ।

फेसबुकको मूख्य एपमा मात्र नभई मेसेन्जरमा समेत समस्या देखिएको थियो ।

प्रयोगकर्ताहरुले समस्याको गुनासो गरेसँगै फेसबुकले ट्वीट गर्दै उक्त समस्याको पहिचान भएको र समाधानका लागि काम गरिरहेको बताएको थियो ।

वेबसाइट तथा एपहरुमा आउने समस्यामाथि निगरानी गर्ने वेबसाइट डाउन डिटेक्टरले फेसबुक तथा इन्स्टाग्राममा केही तस्वीर ठीकसँग लोड नभएको र केही खाली देखिएको बताएको थियो ।

पछिल्लो एकवर्ष यता फेसबुक तथा ह्वाट्सएप र इन्स्टाग्राममा पटक पटक यस्तो समस्या बल्झिरहेको छ ।

यद्यपि एप तथा वेबसाइटहरुमा प्राविधिक कारणले समस्या आउनु सामान्य हो । खासगरी ठूलो संख्यामा प्रयोगकर्ताहरुले एकसाथ एप तथा वेबसाइट चलाउँदा पनि त्यस्तो समस्या आउने गर्दछ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment