Comments Add Comment

गान्सु पुगेका मुख्यमन्त्री पौडेल भन्छन्– चीनबाट नेपालले धेरै सिक्छ

१९ असार, हेटौंडा । ५ दिने चीन भ्रमणमा रहेका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार गान्सु प्रान्तको एक कार्यक्रममा सहभागी भएका छन् ।

गान्सु प्रान्तमा आयोजित २५ औं ‘चीन लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीन र गान्सु प्रान्तको अभूतपूर्व विकासबाट नेपाल प्रभावित भएको बताए । यसबाट नेपालले धेरै सिक्ने बताए ।

गान्सु प्रान्तसँग भगिनी सम्बन्ध जोडेको स्मरण गर्दै मुख्यमन्त्री पौडेलले विकासका गतिमा सँगसँगै अघि बढ्ने बताए । ‘चीन त विशेष छँदैछ त्यसमा पनि भगिनी सम्बन्ध स्थापना भएको गान्सुको विकाससँगै ३ नम्बर प्रदेश सरकारले पनि फाइदा लिन सक्नेछ ।’

संयुक्त उद्योग सञ्चालनको लागि विदेशी लगानीलाई नेपालले प्रोत्साहित गर्ने मुख्यमन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल धेरै क्षेत्रहरूमा व्यापारको लागि खुला रहेको भन्दै उनले निर्धक्क भएर लगानी गर्न पनि आग्रह गरे ।

अहिले नेपालमा सडक यातायात, रेलवे, विमानस्थल, जल यातायात, र सूचना प्रविधिको विकास अपरिहार्य रहेको बताए ।

नेपालले हाइड्रो, स्वास्थ्य, पर्यटन, कृषि, खनिज र ऊर्जाका क्षेत्रमा लगानी गर्न आहृवान गरेको जानकारी दिए ।

मुख्यमन्त्री डोरमणि पौडेलले भगिनी सम्बन्ध गाँसिएपछि व्यापार विस्तार, पर्यटन प्रवर्द्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री पौडेल शुक्रबार सस्टिनेबल डेभलपमेन्ट फोरम अफ सिल्क रोड सिटिजमा सहभागी हुनुका साथै त्यहाँको विभिन्न स्थानको अवलोकनसमेत गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा सिन्धुलीको मरिण र मकवानपुरको मनहरीमा स्थापना हुने औद्योगिक क्षेत्रको विकास तथा विद्युतीय सवारी संचालनका बिषयमा पनि थप छलफल

हुने मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए ।

गान्सु प्रान्तसँग गत वैशाख ३१ गते भगिनी सम्बन्धमा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment