Comments Add Comment

इन्धनको गुणस्तर नाप्न हेटौंडामा राखियो क्यालिब्रेसन टावर

२० असार, हेटौंडा । पेट्रोलियम पदार्थको आपूूर्तिमा अनियमितताको मापन गर्न हेटौंडामा पहिलो क्यालिब्रेसन टावरको सञ्चालनमा आएको छ ।

भारतबाट ल्याइने पेट्रोलियम पदार्थको आपुर्तिका क्रममा पम्प सञ्चालक र ग्राहक ठगीमा पर्दै आएको समयमा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तर तथा नापतौल विभागले क्यालिब्रेसन टावर सञ्चालनमा ल्याएको हो ।

तीन बर्ष लगाएर एक करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको टावरमा एकै पटक १५ वटासम्म ट्याङ्करले बोक्ने पेट्रेलियम पदार्थको मापन गर्न सकिने विभागका महाप्रबन्धक बिश्वबाबु पुडासैनीले बताए ।

हरेक समय गुणस्तर र मापदण्ड अनुसार पेट्रोलियम पदार्थको आपुर्ति नभएको गुनासोलाई रोक्नका लागि बिभागले क्यालिब्रेसन टावर सञ्चालनमा ल्याएको जानकारी दिए । टावरबाट पानीको मद्दतले ट्याङ्करको प्रत्यक च्याम्बरमा अट्ने पेट्रोलियम पदार्थको तौल मापन गरेर आधिकारिकता दिइने महाप्रबन्धक पुडासैनीले बताए ।

विभागले अम्लेखगञ्ज डिपोबाट र भारतवाट नेपाल हुने पेट्रोलियम पदार्थ लिएर आउने ट्याङ्करलाई लक्षित गर्दै हेटौंडामा क्यालिब्रेसन टावर सञ्चालन गरेको हो । टावरबाट यस क्षेत्रका २२ जिल्लाका ट्याङकर व्यवसायीले सेवा लिन सक्ने बताइएको छ । विभागले हेटौंडासहित विराटनगर र पश्चिमका लागि क्यालिब्रेसन टावर निर्माणको काम गरीरहेको महाप्रबन्धक पुडासैनीले बताए ।

टावरमा एउटा ट्याङ्करको क्षमता जाँचका लागि ७ हजार ५ सय रुपैयाँ लाग्ने बताइएको छ । यहाँबाट एक दिनमा १५ वटा सम्म ट्याङकरको प्रत्यक च्याम्बरमा अट्ने पेट्रोलियम पदार्थको मात्रा मापन गर्न सकिने बताइएको छ । एक पटकमा ८ वटा ट्याङ्करको मापन गरीने विभागले जनाएको छ । अहिलेसम्म हामीसँग मात्रा मापनको प्रविधि नहुँदा समस्या रहदै आएको थियो अब त्यो समस्या टरेको विभागका महाप्रबन्धक पुडासैनीले बताए ।

हेटौंडा औद्योगिक क्षेत्रमा नव निर्मित टैंकर क्यालिब्रेसन टावरको उद्घाटन गर्दैै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले जनताको अगाडि राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र बदनाम आरोप लगाए । पेट्रोलियम क्षेत्रमा भएको कमजोरी सुधारका लागि क्यालिब्रेशन टावरको निर्माण गरिएको बताएका मन्त्री यादबले अब विकृतिविरुछ आन्दोलन जरुरी रहेको बताए ।

उनले भने ‘अबको आन्दोलन भनेको विकृति, विसंगतिविरुद्धको आन्दोलन हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment