Comments Add Comment

अमेरिकाले जित्यो महिला विश्वकपको उपाधि

२३ असार, काठमाडौं । अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गर्दै अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि उचालेको हो ।

फ्रान्समा सम्पन्न विश्वकपको उपाधि अमेरिकालाई दिलाउन मेगान रापिनोई र रोज लाभिल्लीले गोल गरे

पहिलो हाफसम्म बराबरीमा रोकिएको अमेरिकाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । ६१ औं मिनेटमा अमेरिकाले पेनाल्टी पायो । पेनाल्टीको सदुपयोग गर्दै मेगानले अमेरिकालाई १-० गोलको अग्रता दिलाइन् ।

६९ औं मिनेटमा नै लाभिल्लीले अर्को गोल थप्न सफल भइन् । उनको गोलसँगै अमेरिका २-० गोलअन्तरले अघि रहृयो । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि अमेरिकाले उपाधि जितेको हो ।

तलनात्मक रुपमा पहिलो हाफभन्दा दोस्रो हाफमा अमेरिकाविरुद्ध निरिह देखिएको नेदरल्यान्ड्सले विश्वकपको उपाधि जित्ने राम्रो अवसर खेर फाल्यो । अमेरिकाले महिला विश्वकपको उपाधि जितेको चौथो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment