Comments Add Comment

पूर्वमन्त्रीका अं‍गरक्षकलगायत ६ जना कस्तुरीको बिनासहित पक्राउ

२३ असार, काठमाडौं । कस्तुरीको बिना कारोबारमा संलग्नको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित छ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कर्यालय काठमाडौंका प्रवक्ता श्यामलाल ज्ञवालीले प्रहरी हबल्दार बमबहादुर चन्दसहित ६ जनालाई कस्तुरीको बिनासहित पक्राउ गरेको पुष्टि गरे ।

प्रहरी हवल्दार चन्द पूर्वमन्त्री एवं नेकपा नेता दीनानाथ शर्माका अंगरक्षक हुन् । पक्राउ परेका अन्य व्यक्तिको पहिचान भने खुलाइएको छैन ।

महानगरीय प्रहरी कर्यालय काठमाडौंका अनुसार सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment