Comments Add Comment

उद्योगमन्त्री यादव मन्त्रिपरिषद् बैठकको बीचमै बाहिरिए

२४ असार, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठकको बीचमै बाहिरिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको बेला मन्त्री यादव बैठक नसकिँदै बाहिरिएका हुन् ।

उनले अनलाइनखबरसँग भने, ‘म गएको त थिएँ, तर अर्कै काम परेर निस्किएँ ।’ उनले त्यो के काम हो भन्नेबारे खुलाएनन् ।

तर, उनका छोरा रविकिरण यादवले भने संसदमा जवाफ दिनुपर्ने भएकाले त्यसको तयारीका लागि बाहिरिएको बताए ।

सुरुमा मन्त्री यादवले आफू मन्त्रिपरिषद बैठकमा जाँदै नगएको बताएका थिए । तर, तपाईं गएर बीचमै बाहिरिनु भएको होइन र ? भन्ने प्रश्न गरेपछि मात्रै उनले आफू बैठकमा गएको तर धेरैबेर नबसेको स्वीकारेका थिए ।

बैठकमा कसैसँग कुनै विवाद नभएको उनले बताए । ‘बैठक नियमित हो, हिजो छलफल नसकिएपछि आज पनि बसेको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment