Comments Add Comment

४५ बर्षको उमेरमा पनि मलाइका कसरी फिट ?

‘मुन्नी बदनाम हुई’, ‘चलो छैया छैया’ जस्ता गीतमा नाच्ने मलाइका अरोरा कति बर्षकी भइन् होला ?

उनको जिउडाल हेरेर उमेर ठम्याउन मुस्किल पर्छ । मलाइकालाई झट्ट हेर्दा लाग्दैन कि, उनी ४५ बर्षकी भइन् । यस्तो पनि लाग्दैन कि, उनी हुर्किसकेका छोराका आमा पनि हुन् । मलाईकासँग पूर्वपतितर्फका एक छोरा छन् ।

यतिबेला मलाईकाको वैंश पनि आएको छ । उनी अर्जुन कपूरसँग डेट गरिरहेकी छिन् । मलाईकाका अरु कुरा थाँती राखौं, फिटनेसको कुरा गरौं । फिटनेसको चर्चा हुने बित्तिकै अभिनेत्री मलाइका अरोराको नाम अग्रपंक्तिमा आउँछ ।

फिल्मभन्दा बढि आफ्नो जीम तथा वर्कआउटका कारण उनी चर्चामा आइरहन्छिन् । सामाजिक सञ्जालमा असाध्यै सक्रिय हुने अभिनेत्री मलाइकाले हालै मात्र आफ्नो इन्स्टाग्राममा केही तस्बिरहरु शेयर गरेकी छिन् । जसबाट उनको फिटनेस रहस्यका बारेमा जानकारी पाउन सकिन्छ ।

मलाइका आफ्नो फिटनेस रुटिन तथा डाइटप्रति पनि अत्यन्त सजग छिन् । मलाईकाको कामूक तथा स्लिम फिगरको अघिल्तिर बलिउडका आजका नयाँ अभिनेत्रीहरु समेत टिक्दैनन् । त्यसो त मलाइका डाइटिङप्रति विश्वास नै राख्दिनन् ।

उनी ती सबै कुरा खान्छिन्, जुन स्वस्थकर हुन्छन् । यसबाहेक मलाइकाको यो फिटनेसको अर्को ठूलो कारण भने योगा समेत हो । उनी हरेक दिन नियमित योगा गरिरहन्छिन् ।

मलाईकाले आफ्नो योगाका केही तस्बिरहरु मलाइका मण्डे मोटिभेसनको हृयासट्यागमार्फत इन्स्टाग्रँममा पोस्ट गरेकी छिन् । जसको क्याप्सनमा उनले लेखेकी छिन्-‘योगाले मेरो जीवन परिवर्तन गरेकोमा म निकै खुशी छु । यसले मलाई स्वस्थ मात्र बनाएको छैन, जिन्दगीप्रतिको मेरो दृष्टिकोणमा समेत परिवर्तन ल्याइदिएको छ ।’

मलाईका प्रायः आफ्ना फिटनेस भिडियो अथवा वर्कआउटका तस्बिरहरु इन्स्टाग्राममार्फत सार्वजनिक गरिरहन्छिन् ।

यी सबै कुराहरुलाई एकातिर छाडौं, उनी अचेल सबैभन्दा बढि चर्चा त अर्जुन कपुरसंको प्रेम सम्बन्धका कारण छिन् । मलाइका र अर्जुन केही दिनअघि न्यूयोर्क पुगेका थिए, जहाँ उनीहरुले होलि डे मनाएका तस्बिरहरुले सामाजिक सञ्जालमा चर्चा पाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment