Comments Add Comment

‘डीएनए क्लोथिङ’को ‘ब्रान्ड एम्बास्डर’ बने प्रकाश

अहिलेको समयमा संगीतिक क्षेत्रमा निकै रुचाइएका गायक हुन्, प्रकाश सपुत । फरक प्रयोग गरेर सांगीतिक क्षेत्रमा उनले आफ्नो गतिलो स्थान बनाएका छन् । पछिल्लो समय ‘गलबन्दी’ बोलको गीतबाट प्रकाशले राम्रै सफलता पाए । यो गीत विवादित पनि बन्यो ।

उनै गायक, संगीतकार तथा मोडल प्रकाश सपुत नयाँ ब्राण्डको एम्ब्यासडर बनेका छन् । बजारमा आउन लागेको नयाँ कपडा ‘डीएनए क्लोथिङ’को उनी एम्ब्यासडर बनेका हुन् । बुधबार औपचारिक कार्यक्रमका बीच सपुतलाई ब्रान्ड एम्ब्यासडर घोषणा गरिएको हो ।

सपुतले कार्यक्रममा भने–‘यसलाई मैले अर्को सफलताको रुपमा लिएको छु । यस ब्राण्डले मप्रति देखाएको मायाको लागि पनि धन्यवाद ।’ यो ब्राण्डले पुरुषलाई चाहिने विभिन्न कपडाहरु तयार गर्दछ । कार्यक्रममा प्रकाशले आफ्ना सफल गीतहरु गाएर समेत सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment