+
+
Shares

‘१८ औं तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०७६’

काठमाडौंसहित अन्य २ शहरमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २६ गते १९:५४

२६ असार, काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले यहि श्रावण र भाद्र महिनामा ‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०१९’ इन एसोसिएसन विथ सेफ्टी’ आयोजना गर्ने भएको छ ।

नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १८ वर्षदेखि संचालन हुँदै आएको तीज फेस्टिवलको यो १८ औं संस्करण नेपालका विभिन्न ३ शहरहरुमा आयोजना हुने भएको छ ।
सन् २००२ देखि काठमाडौंको भृकुटीमण्डपमा मात्र आयोजना हुने गरेको तीज फेस्टिवल–शिर्जनशिल उद्यमी मेला यो वर्षदेखि प्रदेश नम्बर १ को ईटहरी र प्रदेश नम्बर ३ को हेटौंडामा पनि आयोजना हुने भएको छ । काठमाडौंमा यहि श्रावण १६ गतेदेखि २० गतेसम्म आयोजना हुनेछ भने ईटहरीमा श्रावण ३० देखि ३२ गतेसम्म संचालन हुनेछ ।

हेटौंडामा भने तीज मेला भाद्र ५ गतेदेखि ७ गतेसम्म आयोजना हुँदै ‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०१९’ इन एसोसिएसन विथ सेफ्टी’ को समापन पनि हुनेछ ।

तीजको अवसरमा आयोजना गरिने यो मेला नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेलाको रुपमा पनि परिचित रहँदै आएको छ । यो फेस्टिवलमा यो वर्ष काठमाडौंमा २०० भन्दा बढि कम्पनी, संघ, संस्थाहरुको सहभागीता हुनेछ भने १ लाख भन्दा बढि मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

यो इभेन्टमा महिला उद्यमीहरुले आफ्ना श्रृजनाहरु उत्पादन र सेवा मार्फत प्रदर्शन गर्ने उद्धेश्यले वार्षिकरुपमा आयोजना गरिँदै आएको छ । यो इभेन्ट उत्पादन र सेवाको व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरुलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै आएको छ । यो महिलाहरुको लागि व्यवसायीक सम्पर्क बढाउने माध्यमको रुपमा विगत १८ वर्षदेखि आयोजना हुँदै आएको छ ।

महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले तीज फेस्टिभल केवल मेलाको रुपमा मात्र नभई महिलाहरुलाई व्यवसायीक बनाउने र अवसर नपाएका महिला उद्यमीहरुलाई प्रबद्र्धन गर्ने माध्यम भएको बताईन् ।

‘हामीले यहि तीज फेस्टिवलमार्फत अवसर नपाएका व्यवसायी र उद्यमी महिलाहरुलाई थप प्रबद्र्धन गरिरहेका छौं । कतिपयले त यो फेस्टिवलमार्फत नै आफैं उद्यमी बनेर व्यवसाय बिस्तार गर्नु भएको छ, त्यसैकारण यो फेस्टिवललाई हामीले निरन्तरता दिन सकेका हौं,’ केन्द्रकी अध्यक्ष मिलु थापाले भनिन् ।

यो इभेन्टको अवसर पारेर राष्ट्रिय अन्तर्राष्ट्रिय प्रर्दशकहरु सहभागी हुनेछन भने नयाँ ब्राण्ड र उत्पादनहरु सार्वजनिक गरिने योजना रहेको छ ।

प्रदर्शनीलाई आकर्षक र मनोरन्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निशुल्क मेहन्दी लगाउने कार्यक्रम, निशुल्क कपाल कटिंग कार्यशाला, बालबालिकाहरुका लागि गेमिंग जोन, लाइभ म्यूजिक एण्ड कल्चर प्रोग्राम लगायतका कार्यक्रम राखिएको छ ।

प्रर्दशनीमा विभिन्न व्यवसायीक कम्पनी संघ संस्थाहरुसँग सम्पर्क बिस्तार र व्यवसाय वृद्धिको लागि छुट्टै प्लेटफर्म तयार पारिएको छ भने महिला उद्यमशीलताको लागि सेमिनारको कार्यक्रम पनि राखिएको छ ।

विगत १८ वर्षदेखि तीज फेस्टिवल आयोजना गर्दै आएको इभेन्ट व्यवस्थापन कम्पनी इभेन्ट संसारका प्रबन्ध निर्देशक पशुपति केसीले महिला उद्यमीहरुलाई सहयोग गर्न र अगाडि बढाउन सहकार्य गर्दै आएको जानकारी दिए ।

‘यहि इभेन्टमार्फत हामीले कयौं महिलाहरु आफैं उद्यमी बनेको देखेका छौं, त्यसैले यो केबल तीज फेस्टिवल मात्र नभई समग्र नेपाली महिलाहरुको लागि व्यवसाय प्रबद्र्धन गर्ने प्लेटफर्म पनि हो, हामी यो वर्ष पनि सबैलाई सहभागी हुन अनुरोध गर्दछौं,’ इभेन्ट संसारका प्रबन्ध निर्देशक पशुपति केसीले भने ।

‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०१९’ इन एसोसिएसन विथ सेफ्टी’ मार्फत आयोजक संस्थाले असहाय, अपाङ्ग, असक्त र ग्रामीण भेग, पिछडिएका महिलाहरुको लागि निशुल्क स्टलको व्यवस्था गर्दै आएको छ भने इभेन्टको प्रवेश शुल्कबाट आउने आम्दानी मध्ये ५० प्रतिशत रकम सामाजिक संस्थालाई दिँदै आएको छ ।

महिला सिर्जना र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उदेश्यले ५ उकृष्ट व्यवसायी स्टललाई अवार्ड समेत प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?