Comments Add Comment

म जति दुःखी कोही छैन – मार्टिन गुप्टिल

Photo Credit : Getty

२९ असार, काठमाडौं । विश्वकप क्रिकेटमा न्युजिल्यान्डका ब्याट्सम्यान मार्टिन गुप्टिल फ्लप जस्तै बनेका छन्, तर उनलाई विश्वास छ कि फाइनलमा इंग्ल्यान्डविरुद्ध आफ्नो पुरानै लयमा फर्किने ।

विश्वकप क्रिकेट २०१५ मा मार्टिन गुप्टिल न्युजिल्यान्डका सबैभन्दा उत्कृष्ट खेलाडी ठहरिएका थिए । त्यो विश्वकपमा गुप्टिलले ५४७ रन बनाएका थिए । जसमध्ये वेष्ट इन्डिजविरुद्ध विश्वकपमा बनाएको २३७ रनको रेकर्ड अहिलेसम्म कायमै छ ।

तर यो विश्वकपमा भने उनले आफ्नो लय समात्न सकेका छैनन् । उनले यो विश्वकपमा भने २०.८७ औसतमा १६७ रन मात्र रन बनाएका छन् । खराब प्रदर्शन गरेका उनको ब्यापक आलोचना पनि हुने गरेको छ ।

एक अन्तरवार्तामा गुप्टिलले भनेका छन्, ‘मैले धेरै मेहनत गरिरहेको छु, तर जब फल मिल्दैन भने निकै निराश हुन्छु । सबैले पनि यही भनिरहेका छन् कि मैले राम्रो गर्न सकिनँ । यो कुराले मलाई निराश बनाएको छ । म जति जति निराश कोही छैन ।’

म्ार्टिनले नेट अभ्यासमा भने राम्रो हुँदै गएको भन्दै फाइनलमा राम्रो हुने बताए । उनले आफ्नो पुरानो लय समात्ने दाबी गरेका छन् ।

‘नेट अभ्यासमा पहिले यस्तो लाग्थ्यो की मैले राम्रो गर्न सक्दिनँ । तर अहिले अभ्यासमा म पुरानै लयमा फर्किएको छु जस्तो लागेको छ । यस्तो महसुस पहिले भएको थिएन । यो राम्रो संकेत हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment