Comments Add Comment

प्रदेश ३ को योजना आयोग उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

३१ असार, काठमाडौं । प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका हुन् ।

राष्ट्रिय समाचार समितिका अनुसार डा. देवकोटाले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेललगायतले राजीनामा फिर्ता लिन अनुरोध गरे पनि आˆनो व्यक्तिगत कारण राजीनामा फिर्ता नलिएको उनले बताएका छन् ।

उनले मुख्यमन्त्री डोरमणि पौडेलले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेशको प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको, लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको र प्रदेश सरकारलाई पाँच वर्षसम्म आवश्यक पर्ने विभिन्न योजनाहरु निर्माण गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment