Comments Add Comment

प्रदेश १ मा ‘म अघि बढ्छु’ कार्यक्रम सुरु

१ साउन, विराटनगर । प्रदेश १ सरकारले ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्रीले ‘म अघि बढ्छु, सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज विद्यार्थीलाई लगाइदिएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

प्रदेश सरकाले प्राथमिकतामा रहेको यो कार्यक्रमले प्रदेश १ का युवालाई सकारात्मक दिशातर्फ लैजान महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको छ । ‘म अघि बढ्छु, सगरमाथा टिन्स क्लव’ प्रदेशभरी १४० विद्यालयमा क्लब गठन गरिएको छ ।

प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले महत्वका साथ सुरु गरेको कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री शेरधन राईले कार्यक्रममार्फत स्वस्थ र सुरक्षित समाज निर्माण हुनेमा विश्वास व्यक्त गरे ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले ‘म अघि बढ्छु’ कार्यक्रम संचालन गरेसागै युवाहरुमा सकारात्मक परिवर्तन आउने दाबी गरे । उनले समाजलाई लागूपदार्थ दुव्र्यसनीबाट मुक्त गराउने, सामाजिक अपराध रोक्ने र असल नागरिक उत्पादन गर्ने बताए ।

कार्यक्रममा सामुदायिक विद्यालयको तर्फबाट बोल्दै सत्यनारायण माध्यामिक विद्यालय विराटनगरका प्रधानाध्यापक धर्मानन्द खरेलले ९ कक्षा देखि १२ कक्षाका विद्यार्थीहरुलाई दुव्र्यसनमा जान नदिन र समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउन कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त  गरे ।

युवाहरुलाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान बनाउने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम शुभारम्भ गरेको हो ।

आजका किशोर-किशोरी देशका कर्णधार, यिनीहरुको सक्षमता नै समुन्नतीको आधार भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रममा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीलाई समेटेर कार्यक्रम सञ्चालन गरिने छ ।

कार्यक्रमबाट प्रदेश १ का करिब २ हजार विद्यालयका २ लाख विद्यार्थी लाभान्वित हुने दाबी गरिएको छ ।

कार्यक्रमअनुसार प्रदेशका सबै माध्यामिक विद्यालयमा हप्ताको १ दिन एउटा कक्षा नैतिक शिक्षा सम्बन्धी पढाइ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment