
३१ असार, जनकपुरधाम । अबिरल बर्षापछि आएको बाढीका कारण प्रदेश २ मा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । सबैभन्दा बढी रौतहटमा १० जना र महोत्तरीमा ६ जनाको मृत्यु भएको छ ।
सिरहा र धनुषामा ५/५ जना, पर्सामा ३, बारामा २ र सर्लाहीमा १ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाढीमा डुबेकामध्ये दुई जना अझै वेपत्ता रहेको प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एवं डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
उनका अनुसार बिभिन्न नदी किनारमा मृतकहरु फेला परेपछि मृत्यु हुनेको संख्या बढेको छ । सोमबारसम्म १४ जनाको मृत्यु भएकोमा मंगलबारसम्म डुबेका र बगेर वेपत्ता भएकाहरुको शव फेला परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4