+
+
Shares

बाढी प्रभावितको स्वास्थ्य जाँच गर्दै डा. केसी

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७६ साउन ४ गते १९:४७

४ साउन, रौतहट । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी बाढी प्रभावितको स्वास्थ्य जाँच गर्न रौतहटको भावित ईशनाथ नगरपालिकाको बन्जरहा पुगेका छन् ।

डा. केसीले शुक्रबारदेखि बन्जरहाको स्वास्थ्य चौकीमा आएका विरामीहरुको स्वास्थ्य परीक्षण गरिरहेका छन् । उनलाई स्थानीय स्वास्थ्यकर्मीहरुले सघाइरहेका छन् ।

स्वास्थ्य चौकीमा आएका एक दर्जन बढी स्थानीयमा झाडापखाला लागेको पाइएको छ । ‘पानी पूरै प्रदूषित छ । स्थानियवासीमा झाडापखालाको लक्षण देखा पर्न थालेको छ’ डा. केसीले भने, ‘शौचालयहरु अव्यवस्थित छन । खानेपानीका मुहानहरु प्रदूषित छ, अहिले नै सचेत भइएन भने महामारी फैलिन्छ ।’

बाढीबाट प्रभावित बस्तीमा झाडा पखालासँगै भाइरल ज्वरोलगायतका रोग देखापरेको उनले बताए ।
बाढी आएको नौ दिन बितिसक्दा पनि जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय विपद व्यवस्थापन समितिले स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छैन ।

अकस्मात बन्जरहा आइपुगेका डा. केसीको स्वास्थ्य शिविरमा स्थानीयको बाक्लो उपस्थिति छ । बाढीको मार खेपिरहेका रौतहटका जनताहरुलाई केही राहत पुगोस् भन्ने उद्देश्यबाट आफू रौतहट आएको डा. केसीले बताए । उनले शुक्रबार मात्र १४० जना स्थानीयको स्वास्थ्य परीक्षण गरेका छन् ।

उनले पिउने पानी निकै दूषित रहेकाले स्थानीयहरुलाई स्वच्छ पानीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बन्जरहामा अझै सरकारको उपस्थिति नदेखेको तथा बाटोको अभावमा पनि राहत वितरण प्रभावित भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?