Comments Add Comment

सहरी विकास मन्त्रालयले गर्‍यो आयोजना प्रमुखसँग कार्यसम्पादन सम्झौता

५ साउन, काठमाडौं । सहरी विकास मन्त्रालयले पनि आफ्नो मातहतका विभाग तथा आयोजनासँग कार्यसम्पादन सम्झौता गरेको छ ।

सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको उपस्थितिमा सचिव रमेशप्रसाद सिंहले सहरी विकास तथा भवन निर्माण विभाग, सहरी विकास महाशाखा, काठमाडौ उपत्यका विकास प्राधिकरण, बागमती सुधार आयोजना, नगर विकास कोष र मन्त्रालयकै प्रशासन महाशाखाका प्रमुखहरुसँग आइतवार मन्त्रालयमा कार्यसम्पादन सम्झौता गरेका हुन् ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद दवाडी, प्राधिकरणको जिल्ला आयुक्त दीलिप भण्डारी, बागमती सुधार आयोजना प्रमुख आशिष घिमिरे, नगर विकास कोषका अध्यक्ष मणिराम महत, सहरी विकास महाशाखा प्रमुख सरिता मास्केसँग सचिव सिंहले छुट्टाछुट्टै कार्यसम्पादन सम्झौता गरेका हुन् ।

सुशासन ऐन २०६४ अनुसार सरकारी कामलाई चुस्त दुरुस्त बनाई कार्यसम्पादन प्रभावकारी बनाउन हरेक मन्त्रालयले मातहतका विभाग तथा महाशाखाका प्रमुखसँग यस्तो सम्झौता गर्ने व्यवस्था छ ।

सो अवसरमा मन्त्री राईले कार्यसम्पादन सम्झौता अनुसार जिम्मेवारपुर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री राईले भने, ‘आफ्नो पदीय जिम्मेवारीबाट पन्छिन खोज्ने कर्मचारीलाई समेत अख्तियार दुरुपयोगमा कारवाही गरिने नयाँ व्यवस्था हुन लागेको छ, त्यसैले अव नतिजामूखी भएर काम गर्नुहोस जिम्मेवारीबाट पन्छिने कर्मचारीले अव उन्मुक्ति पाउँदैन ।

कार्यसम्पादन सम्झौताले मन्त्रालयको कामलाई छिटो छरितो सम्पन गर्न सहयोग पुग्ने बताउदै मन्त्री राईले कुनैपनि नीतिगत समस्या भए आफुलाई जानकारी गराउन मातहतका कर्मचारीलाई आग्रह गरे ।

सुशासन ऐनले आफुले पाएको जिम्मेवारी छिटो भन्दो छिटो कार्यान्वयनमा लैजाने दायित्व दिएकाले कार्यसम्पादनमा हुने ढिलासुस्तीलाई समेत मन्त्रालयले सुक्ष्म रुपमा मुल्याङ्कन गर्ने मन्त्री राईको भनाइ छ ।

कार्यक्रममा सहरी सचिव सिंहले अहिले्सम्म गोप्य रुपमा कर्मचारीको मुल्याङन हुँदै आएको भन्दै कार्यसम्पादन सम्झौताले खुला रुपमा सवैको मुल्याङ्कन गर्ने प्रणालीको विकास गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment