Comments Add Comment

स्विमिङ पूलमा सुष्मा

नायिका सुष्मा कार्कीको व्यस्तता हिजोआज चलचित्रमा कम देखिन्छ । सुष्मा चलचित्रमा कम, विदेश कार्यक्रममा बढी व्यस्त छिन् । चलचित्र क्षेत्रमा राम्रै संभावना हुँदा हुँदै पनि सुष्माले गतिलो चलचित्र रोज्न जानिन् । यसैले पनि उनको करिअर अहिले सुखद छैन । सुष्माका केही चलचित्र रिलिजको क्रममा छन् । त्यो बाहेक उनको हातमा नयाँ चलचित्र छैन ।

सुष्मा गर्मी लागेसँगै स्विमिङ पूलमा खुबै रमाउने गर्छिन् । केही समय अगाडि उनी हायात होटलमा रातो विकिनीमा देखिएकी थिइन् । यसपटक, उनी होटल हिमालयमा स्विमिङ पहिरनमा हट देखिएकी छिन् । सुष्मा स्विमिङ पूलमा विन्दास देखिएकी छिन् ।

हुनत, सुष्मा कुनै समय हट आइटम नृत्यका कारण खुबै चर्चामा रहन्थिन् । उनको, हट छवि चलचित्रमा गरेको आइटम गरेका कारणले पनि बनेको हो । सार्वजनिक कार्यक्रममा पनि उनी हट पहिरन लगाउन पछि पर्दिनन् ।

तस्वीरः सुष्माको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment