Comments Add Comment

सिभिल बैंकको शाखा अब झापाको भद्रपुरमा

७ साउन, काठमाडौं । सिभिल बैंकले झापा जिल्लाको भद्रपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन सिभिल बैंकका संचालक प्रकाश तायलले गरे ।

शाखा उद्घाटन कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जिवन कुमार श्रेष्ठ भद्रपुर क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने बताए ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए ।

सिईओ गुरुङले सिभिल बैंकले आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment