+
+
Shares

हेटौंडामा बाढी, बस्ती डुबे

खोला तर्दै गरेको भारतीय ट्रक डुब्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते १०:५०
Photo Credit : सांकेतिक तस्वीर

८ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको वडा नं. ५ र १० का केही बस्ती डुबानमा परेका छन् ।

अविरल वर्षापछि खोलामा आएको बाढी गाउँमा पसेपछि उपमहानगरको गर्दोही, शान्तिनगर, पिप्ले क्षेत्र डुबानमा परेको हो ।

प्रहरीले समयमा नै प्रभावितहरूलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति भने भएको छैन ।

यसैबीच, हेटौंडाको शिवम् सिमेन्टमा सामान पुर्‍याएर फर्कंदै गरेको भारतीय ट्रक हेटौंडा–१७ स्थित कर्राखोलामा डुबेको छ ।

यूपी ५६ डी ४०३९ नम्बरको ट्रक खोला पार गर्ने क्रममा डुबेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?