Comments Add Comment

क्यापिटल वानबाट १० करोड ६० लाख जनाको सूचना चोरी

१४ साउन, काठमाडौं । अमेरिकामा वित्तीय सेवा दिने अग्रणी फर्म क्यापिटल वानलाई निशाना बनाएर गरिएको ह्याकिङमा १० करोड ६० लाख मानिसको सूचना चोरी भएको छ । यसमा अधिकांश अमेरिका र क्यानडाबासी छन् ।

कथित ह्याकर पेज थाम्प्सनलाई सोमबार गिरफ्तार गरिएको छ, जतिबेला उनी एक अनलाइन फोरममा आफ्नो कामबारे बताइरहेकी थिइन् ।

क्यापिटल वानकाअनुसार चोरी भएको डाटामा नाम, ठेगाना, फोन नम्बर छन् । तर ह्याकर क्रेडिट कार्ड नम्बरसम्म पुग्न नपाएको उसले बताएको छ ।

यो डाटा चोरीलाई बैंकिङ इतिहासकै सबैभन्दा ठूलो मानिएको बीबीसीले जनाएको छ ।

क्यापिटल वान अमेरिकाको बसेभन्दा ठुलो क्रेडिट कार्ड जारी गर्ने कम्पनी हो र यसले अहिले रिटेल बैंक पनि चलाउँछ । फर्मले सोमबार विज्ञप्ति जारी गर्दै यो घटनाबाट अमेरिकाका १० करोड र क्यानडाका ६० लाख मानिस प्रभावित भएको बताएको छ । उसका अनुसार अमेरिकामा करिव डेढ लाख सोसल सेक्युरिटी नम्बर र ८० हजार बैंक एकाउन्टको डाटा चोरी भएको छ ।

क्यानडामा भने क्यापिटल वानको क्रेडिट कार्ड उपभोक्तासँग सम्बन्धित करिव १० लाख बीमा नम्बरको सूचना चुहिएको छ । यो ह्याटिङबारे १९ जुलाईमा थाहा भएको थियो । नाम र अन्य जानकारीका साथै ह्याकरले क्रेडिट स्कोर, लिमिट, ब्यालेन्स, पेल्मेन्ट हिस्ट्री र सम्पर्क सूचना पनि लिन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment