Comments Add Comment

खुलामञ्च ‘बेच्ने’ भेटुवालसहित ४ जनाविरुद्ध विदेशी मुद्रा अपचलनको मुद्दा

१५ साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागले बुधबार काठमाडौं टावरका ठेकेदार मनोज भेटुवालसहित ४ जनाविरुद्ध विदेशी विनिमय अपचलनको मुद्धा दायर गरेको छ ।

विभागले काठमाडौं जिल्ला अदालतमा भेटुवाल, निशा गुरुङ, राजकुमार बिष्ट र शिव बिष्ट विरुद्ध ४ करोड ६० लाख ४२ हजार ८५० रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध ३ वर्ष कैद र बरामद दशी समेत जफा गर्नुपर्ने माग रिटमा गरिएको छ ।

भेटुवाल खुलामञ्चमा अवैधानिक रुपमा सटर बनाएर विक्री गर्ने ठेकेदार हुन् । उनको कम्पनी जलेश्वर स्वच्छन्द बिकोइको शंकास्पद कारोबारलाई आधार मानेर विभागले गरेको अनुसन्धानमा ४ करोड ६० लाख भन्दा बढी रकम रकम हुण्डी गरी अवैध रुपमा नेपाल भित्र्याएको भेटिएको हो ।

यस्तो रकम भित्र्याउँदा राष्ट्र बैंकमार्फत प्रक्रिया पुरा गर्नुपर्छ । विभागले यो रकम सिंगापुरमा विभिन्न व्यक्तिसँग लगानीका नाममा उठाएर टावरका लागि भित्र्याएको पुष्टी भएको बताएको छ ।

अभियुक्त राजकुमार बिष्ट निशा गुरुङको कर्मचारी भएको र उनीहरुको कम्पनीले आन्तरिक राजश्व कार्यालयमा शून्य कारोबारको हिसाव देखाएपनि विभिन्न समयमा कम्पनीमार्फत नै कारोबार गरेको भेटिएको विभागले जनाएको  छ ।

पुरानो बसपार्कमा बन्ने भनिएको काठमाडौं टावर निर्माणका लागि भेटुवालले विभिन्न देशबाट रकम भित्र्याएको तथ्य यसअघि नै सार्वजनिक भएको थियो । तर,उनले हुण्डिमार्फत रकम भित्र्याएर टावरमा लगानी गरिरहेको पाइएको विभागले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment