Comments Add Comment

जेठो बैंकको मूनाफा घट्यो, निस्कृय कर्जामा सुधार

१७ साउन, काठमाडौं । मुलुकककै सबै भन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडको नाफामा गिरावट आएको छ । नेपाल बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ६१ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ ।

बैंकको मूनाफामा १८ प्रतिशतले कमी आएको हो । अघिल्लो आर्थिक वर्षमा यो बैंकले ३ अर्ब ३१ करोड रुपैयाँखुद मूनाफा आर्जन गरेको छ । बैंकले निस्कृय कर्जा भने घटाउदै लगेको छ । अघिल्लो वर्ष ३.३७ प्रतिशत रहेको निस्कृय कर्जालाई बैंकले गत वर्ष २.५८ प्रतिशतमा झारेको छ ।

बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । खुद ब्याज आम्दानी बैंकले ६ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष ६ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको थियो । बैंकले खुद व्याज आम्दानी ३.१ प्रतिशतले घट्दा बैंकको नाफामा प्रभाव पारेको देखिएको छ ।

बैंकले गत आर्थिक वर्षमा एक खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९२ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । अघिल्लो बर्ष बैंकको ९९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन थियो भने ७५ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment