+
+
Shares

पर्साका बाढी र डुवान प्रभावितलाई राहत बितरण

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १७ गते १५:२७

१७ साउन, वीरगञ्ज । पर्सा जिल्लाको विभिन्न स्थानमा बाढी तथा डुवान प्रभावितलाई राहत वितरण गरिएको छ ।

सामाजिक कार्यमा क्रियाशील विभिन्न संघसंस्थाले असारको अन्तिममा आएको अबिरल वर्षापछि आएको बाढी र डुवान प्रभावितलाई राहत वितरण गरेका हुन् । कास्की पोखराको असल छिमेकी नेपालले ३७५ र पर्साको दिव्य युवा क्लबले ७५ परिवार बाढी र डुवान प्रभावितलाई राहत वितरण गरेका छन् ।

असल छिमेकी नेपालले पर्साको पकाहामैनपुर गाउँपालिका-४ धोवियाटोला, खेस्राहा, श्यामपुर भेलाहा, लवाहरथकरी सानो, लवाहरथकरी ठूलोलगायतका स्थानमा बाढी र डुबान प्रभावित ३७५ परिवारलाई राहत सामग्री वितरण गरिएको संस्थाका पर्सा प्रतिनिधि प्रेम घिमिरले जानकारी दिए ।

असल छिमेकी नेपालले प्रतिपरिवार चामल एक बोरा, ३ किलो दाल, नुन एक प्याकेट, नुहाउने र लुगा धुने साबुन २/२ पिस, टुथपेष्ट २ सय ग्राम, टुथ ब्रस ५ वटा, सेनेटरी प्याड २ प्याकेट, ब्लयाङ्केट २ थान, झुल २ थान, ग्यास लाइटर र त्रिपाल राहतस्वरुप वितरण गरेको थियो ।

गाँउपालिका अध्यक्ष विजय चौरसिया, सामाजिक अभियन्ता प्रकाश थारु, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा राहत वितरण गरिएको संस्थाले जनाएको छ ।

असल छिमेकी नेपालले यसअघि पर्सामा १ सय १७ र बारामा १२६ परिवारलाई राहत सामाग्री वितरण गरेको थियो ।

त्यसैगरी दिव्य युवा क्लब पर्साले बाढी प्रभावित ७५ घरपरिवारलाई राहत सामग्री वितरण गरेको हो ।

एक्सन एड नेपालको सहयोगमा पकाहा मैनपुर, पटेर्वा सुगौली गाउँपालिका, पोखरीया नगरपालिकासँगको समन्वयमा बाढी तथा डुबानबाट पूर्ण क्षतिमा परेकाहरुलाई राहत वितरण गरिएको हो ।

पकाहामैनपुर गाउँपालिका-३ पकाहामा ३५, पोखरीया नगरपालिका-८ मननपुरमा २८, र पटेर्वा सुगौली गाउँपालिका-३ बनकटवामा १२ गरी ७५ परिवारलाई राहत सामग्री वितरण गरिएको क्लबको कार्यक्रम संयोजक कोपिला चौलागाईले जानकारी दिइन् ।

‘वषर्ाका कारण घरबारविहीन भएकालाई तत्काल खाना र अस्थायी बासको व्यवस्थापन गर्न, बालबालिका सुत्केरी तथा गर्भावती महिलाहरुलाई पौष्टिक आहारको कमी नहोस भन्ने उद्देश्यले राहत सामाग्री वितरण गरेका हौं,’ उनले भनिन् ।

प्रभावित घर परिवारलाई १५ किलो चामल, २ किलो मसुर दाल, २ किलो चना दाल, एक लिटर खाने तेल, एक किलो नुन, दुई मिटर म्याट, एक थान टर्च लाइट वितरण गरिएको थियो भने गर्भावती तथा सुत्केरी महिला भएको परिवारलाई झुल तथा लिटो थप वितरण गरिएको थियो । त्यस्तै क्लबले पटेर्वा सुगौली गाउँपलिकाको १२ परिवारलाई थप १ थान त्रिपाल समेत वितरण गरेको थियो ।

२०७६ असाढ २४, २५, २६ २७ र २८ गतेसम्म निरन्तर परेको पानीका कारण वीरगञ्ज महानगरपालीका लगायत पर्सा जिल्लाका अधिकांश क्षेत्र डुबानमा परी जनजीवन प्रभावित भएको थियो । ३ जनाको मृत्यु हुनका साथै करोडौंको क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?