+
+
Shares

सहकारी संस्थाको ब्याजदर तोकियो, स्प्रेड रेट बढीमा ६ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १७ गते १०:२७

१७ साउन, काठमाडौं । सरकारले सहकारी संस्थाहरुको ब्याजदरको सीमा तोकेको छ । सन्दर्भ ब्याजदर निर्धारण समितिले सहकारी संस्थाहरुको निक्षेप र कर्जा दुवैको ब्याजदर तोकेको हो ।

अब सहकारी संस्थाहरुले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् । यसअघि सहकारी संस्थाहरुले कर्जाको २५ प्रतिशतसम्म ब्याज लिने गरेका थिए ।

यसैगरी निक्षेपमा न्यूनतम १० प्रतिशत ब्याजदर तोकिएको छ । यसरी हेर्दा अब सहकारी संस्थाहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको अन्तर (स्प्रेड रेट) बढीमा ६ प्रतिशत हुने देखिएको छ ।

समितिको निर्णयबारे जानकारी दिन सहकारी विभागले शुक्रबार १ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ ।

सहकारी संस्थाहरुले कर्जामा महंगो ब्याज लिएको भन्दै आलोचना भइरहेको थियो । नेपाल राष्ट्र बैंकबाट नियमन हुने ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुमा पनि केही समयअघि ब्याजदरको सीमा तोकिएको थियो ।

लघुवित्तहरुले मनपरी ब्याज दिएको जनगुनासो बढेपछि राष्ट्र बैंक आफैंले कर्जामा १८ प्रतिशतमात्रै ब्याज लिन पाउने गरी ‘क्याप’ लगाएको थियो । सोही तरिकाले विभागले सहकारी संस्थाहरुको ब्याजदरमा क्याप लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?