
१७ साउन, काठमाडौं । पर्सामा भारतीय मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका-५ मुसहर्वाका ६५ वर्षीय भीम दासको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
विन्दवासिनी गाउँपालिका-५ प्रसौनीभाठा चौकमा भारत बिहारको पूर्वी चम्पारण ग्राम पंचायत मोतिहारी बेलासपुर-४ का प्रयाद यादवले चलाएका बीआर२२पी ९८८७ नम्बरको माटरसाइकलको ठक्करबाट दास गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका दासलाई नेशनल मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4