+
+

तेस्रो ठूलो म्यानपावरमा विभागको छापा, बढी शुल्क उठाउँदै गर्दा रंगेहात

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १९ गते १६:५६

१९ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुमा छापा मार्ने क्रम तीव्र पारेको छ । आइतबार ललितपुरको कुपण्डोलस्थित नेपालकै ठूलो म्यानपावरमा गनिने प्याराडाइज इन्टरनेशनल म्यानपावर कम्पनीमा विभागले छापा मारेको हो ।

युएई जान लागेका कामदारसँग बढी शुल्क लिएको सूचना पाएपछि विभागको टोली पुगेको थियो । टोलीले कामदारसँग तोकिएको भन्दा धेरै शुल्क उठाइरहेको रंगेहात फेला पारेको  छ ।

क्लिनरका रुपमा पठाउन लागिएका कामदारसँग कम्पनीले १ लाख भन्दा बढी रकम मागेको थियो । विभागले अनुसन्धानका लागि म्यानपावरका विभिन्न कागजात नियन्त्रणमा लिएको छ ।

प्याराडाइज म्यानपावर कम्पनी गत वर्ष सबैभन्दा धेरै कामदार पठाउनेमा तेस्रो स्थानमा थियो । यसले एक वर्षमै ३ हजार सय २७ कामदारलाई विदेश पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?