+
+
Shares

आर्थिक सुधार प्रतिवेदन कार्यान्वयन गर्न पूर्व अर्थमन्त्री खनालको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव दिएका छन्।
  • खनालले विद्युतमा मूल्य अभिवृद्धि कर नलगाउन र तयारी नभएका खुद्रा तथा टुक्रे आयोजनामा बजेट नछर्न सुझाव दिएका छन्।
  • पूर्वअर्थमन्त्री शंकर कोइरालाले पनि सो प्रतिवेदन कार्यान्वयनमा जोड दिएका छन्।

७ जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव दिएका छन् ।

बिहीबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सन्दर्भमा पूर्वअर्थमन्त्रीहरुसँगको छलफलका क्रममा खनालले आफ्नै नेतृतवमा बनेको सो प्रतिवेदन कार्यान्वयन गर्न सुझाव दिएका हुन् । अन्तरिम सरकारमा उनले अर्थमन्त्री सम्हाल्दै गर्दा प्रतिवेदनमै तोकेर काम अगाडि बढाएका थिए ।

उनले विद्युतमा मूल्य अभिवृद्धि कर नलगाउन सुझाव दिए । उनले तयारी नभएका खुद्रा र टुक्रे आयोजनामा बजेट नछर्न समेत सुझाव दिए । छलफलमा पूर्वअर्थमन्त्री शंकर कोइरालाले समेत सो प्रतिवेदन कार्यान्वयनमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?