Comments Add Comment

आकाश र अन्जलीको ‘मुटु किन’

‘मुटु किन’ बोलको गीत लिएर गायिका तारा नुमिहाङ्ग राई सांगीतिक बजारमा भित्रिएकी छिन् । गीतमा हरि लम्सालको संगीत र स्वर छ । गीत पदम साधना कुलुङले लेखेका हुन् ।

‘फूल चन्द्रमा’ नामको एल्वममा समावेश उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । गीतको म्यूजिक भिडियो निर्देशन निकेश खडकाले गरेका हुन् । यो गीतको म्यूजिक भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारीले मोडठलिङ गरेका छन् ।

बुद्ध थापाको छायांकन रहेको म्यूजिक भिडियोको सम्पादन विकाश धमलाले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment