Comments Add Comment

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, २० मारिए, २६ घाइते

१९ साउन, काठमाडौं । अमेरिकाको टेक्सासस्थित एल पासोमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । २६ जना घाइते छन् ।

सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा घटना भएको हो । बीबीसीका अनुसार, यो अमेरिका र मेक्सिकोको सीमा नजिकैको क्षेत्र हो ।

आक्रमणमा ज्यान गुमाउनेहरूको पहिचान भएको छैन । यद्यपि, मेक्सिकोका राष्ट्रपति म्यानुअल लोपेज ओबराडोरले घटनामा आफ्ना ३ नागरिकको ज्यान गएको बताएका छन् । रोयटर्सले जनाएअनुसार उनले ६ नागरिक गोली प्रहारबाट घाइते भएको जनाएका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरूले सीसीटीभीमा कैद भएको डार्क टिसर्ट र इअर प्रोटेक्टर लगाएका व्यक्तिले एसल्ट राइफलमार्फत अन्धाधुन्ध गोली बर्साएको दृश्य प्रसारण गरेका छन् ।

टेक्सास राज्यका गभर्नर जर्ज एबोटले गोलीकाण्डको पुष्टि गर्दै इतिहासकै सबैभन्दा भयानक दिन भएको प्रतिक्रिया दिएका छन् ।

घटनामा संलग्नको आशंकामा प्रहरीले २१ वर्षीय युवक प्याटरिक क्रुसिअसलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा उनी दल्लासका भएको खुलेको छ ।

अमेरिकामा मास सुटिङको घटना नयाँ होइन । एक साताअघि मात्रै क्यालिफोर्नियाको फुड फेस्टिबलमा बन्दुक आक्रमण भएको थियो । जसमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा ३ जनाको ज्यान गएको थियो । यस्ता घटना बढेपछि नागरिकलाई बन्दुक राख्न दिइँदै आएको सुविधाबारे बहस भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment