Comments Add Comment

‘मिस्टर प्लस साइज’को उपाधी समीर लामालाई

काठमाडौं । मिस्टर प्लस साइज नेपाल २०१९ को उपाधी समीर लामाले जितेका छन् । लामाले टप फाइभका कुल पाँच प्रतिस्पर्धी मध्येबाट प्रस्तुतिका आधारमा उत्कृष्ट बन्दै पहिलोपटक नेपालमा आयोजित मोटा पुरुषहरुको प्रतियोगिता जितेका छन् ।

लामाले मुख्य उपाधिसहित मस्ट हेन्डसमको उपाधी र नगद पचास हजार रुपैयाँ पनि हात पारे । त्यस्तै प्रतियोगितामा नितेश चन्द मिस्टर फोटोजेनिकको टाइटलसहित फर्स्ट  रनरअप बनेका छन् । फर्स्ट रनरअप बन्दै उनले तिस हजार नगद पनि हात पारे ।

प्रतियोगीमध्येबाट अजय प्रधानले मस्ट टयालेन्टेड, निगम रेग्मीले मस्ट फ्रेन्डली र कमान लामाले मस्ट डिसिप्लिनको टाइटलसहित नगद बिस हजार प्राप्त गरे । विजेताहरुलाई कार्यक्रमका विशेष अतिथि उज्ज्वलजंग शाह, निर्णायकहरु शितल केसी, सुश्मा कार्की, सुजाता काफ्ले, लोकराज बराल, इश्वर बल्लभ उप्रेती र आयोजक संस्थाका प्रमुख डेभिल सिंह राजपुतले पुरस्कार एव‌ं ट्रफी वितरण गरेका थिए ।

कार्यक्रम उद्घाटन गर्दै नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले यस्ता सौन्दर्य प्रतियोगिताले प्रतिस्पर्धात्मक क्षमताको विकास, ब्यक्तित्व विकास र सिर्जनात्मक क्षमताको विकासमा सहयोग पुग्ने धारणा राखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment