Comments Add Comment

अनलाइनखबरकर्मीसहित ४ जनालाई मोडल सङ्स सम्मान

१९ श्रावण, काठमाडौं । मोडल सङ्स नेपाल पत्रकारिता सम्मान २०१९ बाट विभिन्न क्षेत्रका चार जनालाई सम्मानित गरिएको छ । शनिवार राष्ट्रिय नाच घर जमलमा आयोजित एक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

मोडल सङ्स नेपालले आयोजना गरेको सो कार्यक्रममा अनलाइनखबरका एसोसिएट एडिटर चिरञ्जीवी पौडेल पत्रकारितामा करिब दुई दशक सक्रिय रही पुर्‍याएको योगदानका लागि सम्मानित गरिएको छ ।

यसैगरी गीतकार डीपी परिश्रमी, गायक एबम् संगीतकार विनोद पछाई र समाजसेवी जुना श्रेष्ठ पनि सम्मानित भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, आयोजक संस्थाका प्रमुख डेभिल सिंह राजपुत र सल्लाहकार चन्द्रकला न्यौपानेले खादा, दोसल्ला र सम्मानपत्र सहित सम्मान गरे ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले उत्तम विचार, असल बानी ब्यहोरा, लगाव र धर्यताले नै मानिसलाई सफल बनाउने भन्दै सम्मानितहरुलाई बधाई ज्ञापन गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment