Comments Add Comment

नेपाल युवा उद्यमशीलता सम्मेलन २७ र २८ गते

२० साउन, काठमाडौं । ‘नेपाल युवा उद्यमशीलता सम्मेलन’ यही साउन २७ र २८ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय युवा परिषदको आयोजनामा सम्मेलन आयोजना गर्न लागिएको हो ।

युवाहरुलाई उद्यमशील बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिए ।

उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युवाहरुलाई उद्यमी बन्नका लागि दिशा निर्देश गर्न सम्मेलन सफल हुने विश्वास पनि व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा छनौटमा परेका ५०० बढी युवा उद्यमीहरु सहभागी हुनेछन् ।

सम्मेलनमा उद्यमी बन्नका लागि आवश्यक ज्ञान, सीप, दक्षता र लगानीको विषयमा विस्तृत छलफल हुनेछ ।

सम्मेलनमा ‘युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतीहरु’ विषयक अन्तरक्रियासमेत आयोजना गरिनेछ । अन्तरक्रिया निजी क्षेत्रका सफल व्यवसायीहरुले पनि आफ्ना सफलताका कथाहरु प्रस्तुत गरिने मन्त्री नेपालले बताए ।

सम्मेलनको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समापन गर्ने तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment