Comments Add Comment

नापोलीमाथि बार्सिलोनाको सहज जित

२३ साउन, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले मैत्रीपूर्ण खेलमा नापोलीलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले नापोलीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा इभान राकिटिक र सर्जियो बुस्केटले गोल गरे । नापोलीले भने एक गोल उपाहारस्वरूप पाएको थियो ।

खेलको ३९औं मिनेटमा बुस्केटले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर यो अग्रता धेरै बेरसम्म टिक्न सकेन । खेलको ४२ औं मिनेटमा नै बार्सिलोनाका डिफेन्डर स्यामुएल उमटिटीले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि नापोलीले १–१ गोलको बराबरी बनाएको थियो ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा अर्को गोल थप्न सफल भयो । बार्सिलोनाका लागि ७९औं मिनेटमा राकिटिकले गोल गर्दै २–१ गोलको जित दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment