Comments Add Comment

लुगा सुकाउने क्रममा इनारमा खसेर एक महिलाको मृत्यु

२४ साउन, चितवन । चितवनको भरतपुरमा लुगा सुकाउने क्रममा एक महिलाको इनारमा खसेर मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-९ आदर्शचोकमा शुक्रबार बिहान इनारको ढकनीमा चढेर कपडा सुकाउँदै गरेकी इन्द्रकला भूसालको इनारमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नवलपुरको गैँडाकोट घर भइ माइतीमा आएकी ४० वषर्षीया इन्द्रकला भुसाल चढेको इनारको ढकनी एक्कासी भाँचिएर तल खसेकी थिइन् । इनारमा खसेकी भुसालको शव भरतपुर अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment