Comments Add Comment

शाहरुखकी छोरी सुहानाको डेब्यू पक्का, पोस्टर सार्वजनिक

बलिउडका किङ खान अर्थात शाहरुख खान र गौरी खानकी छोरी सुहाना खान अभिनयको क्षेत्रमा कदम राख्नका लागि तयार भएकी छिन् ।

सुहाना खानले बलिउडमा डेब्यू गर्ने चर्चा लामो समयदेखि चलिरहेको छ । पछिल्ला केही दिनहरुमा एउटा तस्वीर भाइरल भैरहेको थियो, जसमा उनी डान्स गरेको देखिएको थियो । उक्त तस्वीरबाट के अनुमान लगाइएको थियो भने उनी चाँडै नै बलिउडमा प्रवेश गर्न सक्नेछिन् ।

यद्यपि, अहिले आएर उक्त अनुमानमा पूर्णविराम लागेको छ । किनभने सुहाना जुन फिल्मबाट अभिनयमा डेब्यू गर्दैछिन्, त्यसको रहस्य खुलेको छ ।

सुहाना खानले डेब्यू गर्ने फिल्मको पोस्टर सार्वजनिक भैसकेको छ । पोस्टरका अनुसार उक्त फिल्म एउटा सर्ट फिल्म हुनेछ । उक्त सर्ट फिल्मको नाम हो ‘द ग्रेट पार्ट अफ ब्लू’ ।

उक्त फिल्मको पोस्टरमा सुहानाको पोट्रेट तस्वीर देखिन्छ । उनले नीलो रंगको जिन्स तथा कालो ज्याकेट लगाएकी छिन् । त्यसका साथमा उनले कपाल पनि बाँधेकी छिन् र कसैलाई हेरेर मुस्कुराइरहेकी छिन् । सुहानाको उक्त फिल्मलाई उनकै क्लासमेट थियोडोर जिमेनोले निर्देश्ान गरेका हुन् । फिल्मको पोस्टरले सुहानाका प्रसंशकहरुको एक्साइटमेन्टलाई निकै  बढाइदिएको छ ।

सुहानाको पोस्टरका अतिरिक्त फिल्मको अर्को एउटा पोस्टर पनि सार्वजनिक गरिएको छ, जसमा रोबिन गोन्नेल्ला उनको सह-कलाकारको रुपमा देखिने छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment