+
+
Shares

प्रदेश १ मा जाँचबुझ आयोग सम्बन्धी विधेयक पारित

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २३ गते १७:३९

२३ साउन, विराटनगर । प्रदेश १ को संसदले जाँचबुझ तथा अनुसन्धान आयोग गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पेश गरेको उक्त विधेयक प्रदेश सभाको बिहीबारको बैठकले सर्बसम्मतरुपमा विधेयक पारित गरेको हो ।

प्रदेश सभा बैठकले प्रदेश स्वायत्त संस्था गठन सम्बन्धकमा बनेको विधेयक २०७६ लाई भने दफाबार छलफलमा लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाइएको छ ।

बिहीबारकै बैठकले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथिको संशोधनका लागि ७२ घण्टाको समयको समय दिएको छ । यी दुबै विधेयक मन्त्री कार्कीले प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?