Comments Add Comment

गंगालालमा डा. लिम्बुलाई निमित्त निर्देशकको जिम्मेवारी

२६ साउन, काठमाडौं । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सहिद गंगालाल हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी डा युवराज लिम्बुलाई दिएका छन् ।

वर्तमान कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माको चार वर्षे कार्यकाल आइतबारदेखि सकिएको छ । अर्को निर्णय नहुँदासम्म डा. लिम्बुलाई निमित्त निर्देशकको जिम्मेवारी दिइको मन्त्रीका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment