+
+

पहिरो प्रभावितलाई साइन रेसुङ्गा बैंकको दुई लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते १२:४६

२७ साउन, बुटवल । गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो प्रभाबितलाई साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल नेतृत्वको टोलीले आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालसहितका जनप्रतिनिधिको टोलीलाई श्रेष्ठ र पौडेलले संयुक्तरुपमा चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत पहिरो प्रभावितलाई आर्थिक सहयोग गरेको बताए ।

आर्थिक अवस्था कमजोर भएका पहिरो प्रभावितले उद्यम व्यसाय गर्न चाहेमा न्यून ब्याजमा बिनाधितो कर्जा उपलब्ध गराउने समेत उनले जानकारी दिए । यस्तै घर निर्माणमा न्यून ब्याज दरमा कर्जासमेत उपलब्ध गराउने निर्णय बैंकले गरेको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष ढकालले पहिरो पीडित जनतालाई आर्थिक सहयोगसहित प्रोत्साहनका लागि न्यून ब्याज र बिनाधितो कर्जा प्रदान गर्ने बैंकको निर्णय स्वागत योग्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?