+
+

थाइल्याण्डमा बेनिशा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते १३:१८

नायिका बेनिशा हमाल पछिल्लो समयमा चलचित्र भन्दा घुमघाममा बढी व्यस्त छिन् । उनले केही चलचित्रमा काम गर्ने चर्चा भएपनि ती चलचित्रको छायांकन सुरु नहुँदा उनलाई समस्या परेको छ । यो बर्ष मात्र आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘उत्कृष्ट नायिका’को पुरस्कार जितेपछि बेनिशाको चर्चा भयो । तर, बेनिशाले यो चर्चालाई आफ्ना लागि प्रयोग गर्न सक्छिन् या सक्दिनन् भन्ने पनि विश्लेषण भैरहेको छ ।

उनै, बेनिशा थाइल्याण्डमा रमाएका तस्वीरले उनको सामाजिक संजाल गर्माएको छ । अहिले नेपाली चलचित्रका कलाकार होलिडे टुरका लागि विदेश पुग्ने गरेका छन् । बेनिशा पनि थाइल्याण्डमा रमाएकी छिन् । थाइल्याण्डमा रमाउँदा उनले कहिले कालो विकिनीमा अनुहार छोप्दै गरेको तस्वीर सार्वजनिक गरिन् त कहिले स्विमिङ पूलमा रमाउँदै गरेको तस्वीर सार्वजनिक गरिन् ।

चलचित्रमा खासै व्यस्त नभएपनि उनी घुमघाममा रमाएको तस्वीर सार्वजनिक गरेर आफ्ना शुभचिन्तकसँग जोडिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?