Comments Add Comment

पाकिस्तानी मस्जिदमा आक्रमण हुँदा ५ जनाको मृत्यु, १५ घाइते

३१ साउन, काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी क्वेटा जिल्लामा रहेको एउटा मस्जिदमा भएको आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ ।

शुक्रबार मध्यान्ह् भएको आक्रमणमा परी अन्य १५ जना घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

बिस्फोटनको घटनामा शुक्रबारे प्रार्थना सम्पन्न गर्न लागेका मुस्लीम धर्मावलम्बीहरु परेको प्रहरीले जनाएको छ ।

बालोचिस्तान प्रान्तको राजधानी क्वेटाको कुच्लाक नगर अन्तर्गत पर्ने कुली क्वासीम क्षेत्रमा रहेको मस्जिदमा विस्फोटन भएको हो ।

प्रहरीका अनुसार प्रार्थना गराउने धार्मिक अगुवाहरू बस्नका लागि बनाइएको काठको मञ्चको तलपट्टी बम विस्फोटन भएको हो ।

बम विस्फोट हँुदा प्रार्थना सकिन लागेको र उनीहरु मस्जिदबाट बाहिरिन लागेको समय भएको थियो ।

घटना भएको थाहा पाउने वित्तिकै प्रहरी र उद्धारकर्ताहरुको टोली घटनास्थलमा पुगेर मृतकको शव नियन्त्रणमा लिएको थियो भने घाइतेहरुलाई अस्पताल लगेको थियो ।

कतिपय घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्युृ हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने उद्धारकर्ताहरूले अनुमान गरेका छन् ।

विस्फोटनको यस घटनाका बारेमा अहिलेसम्म कुनै समूहले कुनै प्रतिक्रिया नजनाएको समाचारमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment