Comments Add Comment

द्वन्द्वकालमा दोरम्बामा मारिएका १९ जनाको प्रतिमा अनावरण

१ भदौ, रामेछाप । अन्तर्राष्ट्रिय स्तरमा नै दुर्नाम कमाएको रामेछापको दोरम्बा हत्याकाण्ड भएको १६ वर्ष पूरा भएको छ । हत्याकाण्ड भएको १६ वर्षपछि सोही स्थानमा मारिएका १९ जनाको प्रतिमा अनावरण गरिएको छ ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेको बेला सेनाले दोरम्बामा तत्कालीन जनसरकार प्रमुख बाबुराम लामासहित १९ जनालाई नियन्त्रणमा लिई सामूहिक हत्या गरेको थियो । २०६० साल साउन ३२ गते भएको यो हत्याकाण्डपछि सरकार र माओवादीबीचको वार्ता भंग भएको थियो । यो घटनामा संलग्न सेनाका तत्कालीन मेजर राममणि पोख्रेललाई सेनाले बर्खास्त गरेको थियो ।

दोरम्बामा मारिएकाहरुको स्मरणमा स्थापना गरिएको प्रतिमाको अनावरण नेकपाका केन्द्रीय सदस्य हितबहादुर तामाङले गरेका थिए । प्रतिमा अनावरणको लागि तत्कालीन माओवादी अध्यक्ष (हालको नेकपा अध्यक्ष) पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भनिए पनि मौसमको खराबीको कारण हेलिकप्टर उड्न नसकेपछि प्रचण्ड आउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment